जसले हस्ताक्षर फिर्ता लिँदैन त्यो एमाले हुँदैनः ओली

१९ असार,काठमाण्डौ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवाको पक्षमा हस्ताक्षर गरेकाले फिर्ता नलिए उनीहरु एमाले हुन नसक्ने चेतावनी दिएका छन् । आज पार्टी बैठकलाई संवोधन गर्दै ओलीले पार्टीको विरोध गर्ने, सरकारको विरोध गर्नेहरु एमालेको नेता कार्यकर्ता हुन नसक्ने बताए ।हिजो बैठकले सोमबार साँझ सम्म हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिए पनि २३ सांसदले हस्ताक्षर फिर्ता लिएका छैनन् ।आजै माधव नेपालसँग टेलिफोन गरी ओलीले हस्ताग्क्षर फिर्ता लिन र बैठकमा आउन आव्हान गरेका थिए ।तर एकतर्फी रुपमा बोलाईएको बैठकमा आउन नसकिने, अदालतको फैसला स्वीकार गर्ने तर हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारिदिएपछि आक्रोशित बनेका ओलीले बैठकमा माधव नेपालको के हैसियत छ र ? भन्ने संकेत दिएका थिए ।उनले अरुको पार्टीमा जानेलाई पर्खेर बस्न नसकिने समेत बताएका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।