५ जेठ,काठमाण्डौ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढीरहेको छ । बुधबार एकै दिन अहिले सम्मकै धेरै २६४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार १ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यस्तै ७ हजार ९ सय ८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए ।






