कोरोनाले नेपालमा अहिले सम्मकै सबैभन्दा धेरै २६४ जनाको मृत्यु

५ जेठ,काठमाण्डौ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढीरहेको छ । बुधबार एकै दिन अहिले सम्मकै धेरै २६४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार १ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यस्तै ७ हजार ९ सय ८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।