अक्सिजनको सहयोगमा पूर्वराजा दम्पतिको उपचार हुदै

१५ बैशाख,काठमाण्डौ ।
पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाह कोरोनाको संक्रमणपछि नर्भिक अस्पतालमा अक्सिजनको सहयोगमा उपचार हुदै गरेको अस्पतालले जनाएको छ । कोरोना संक्रमण पछि पूर्वराजा दम्पत्ति वैशाखद ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए ।कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर अस्पतालले अहिले बाट नै अक्सिजनको सहयोगमामा उपचार जारी राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको दिईएको छैन । उनीहरु तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको पनि अस्पतालले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।