१५ बैशाख,काठमाण्डौ ।
पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाह कोरोनाको संक्रमणपछि नर्भिक अस्पतालमा अक्सिजनको सहयोगमा उपचार हुदै गरेको अस्पतालले जनाएको छ । कोरोना संक्रमण पछि पूर्वराजा दम्पत्ति वैशाखद ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए ।
कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर अस्पतालले अहिले बाट नै अक्सिजनको सहयोगमामा उपचार जारी राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको दिईएको छैन । उनीहरु तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको पनि अस्पतालले जनाएको छ ।






