राष्ट्रपतिद्वारा मेलम्ची खानेपानीको औपचारिक उद्घाटन

२० चैत्र,काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित मेलम्ची खानेपानी वितरणकाे औपचारिक उद्घाटन गर्नुभएको छ । भृकुटी मण्डपमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो । मेलम्ची खानेपानी स्मारिकाकाे उद्घाटनपश्चात त्यस स्थलमा निर्मित धाराकाे पानी खाेलेर राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्नुभएकाे हाे ।भृकुटी मण्डपस्थित बनाइएको मेलम्ची खानेपानीको दुईवटा धाराबाट २४सै घण्टा पानी उपलब्ध हुने कार्यक्रममा जानकारी दिइएको छ । त्यस क्षेत्रमा पुग्ने जोसुकैलाई त्यस धाराबाट निशुल्क स्वच्छ पिउने पानी उपलब्ध हुनेछ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ, काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायत विशिष्ट व्यक्तिहरुको उपस्थित रहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।