२० चैत्र,काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित मेलम्ची खानेपानी वितरणकाे औपचारिक उद्घाटन गर्नुभएको छ । भृकुटी मण्डपमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो । मेलम्ची खानेपानी स्मारिकाकाे उद्घाटनपश्चात त्यस स्थलमा निर्मित धाराकाे पानी खाेलेर राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्नुभएकाे हाे ।
भृकुटी मण्डपस्थित बनाइएको मेलम्ची खानेपानीको दुईवटा धाराबाट २४सै घण्टा पानी उपलब्ध हुने कार्यक्रममा जानकारी दिइएको छ । त्यस क्षेत्रमा पुग्ने जोसुकैलाई त्यस धाराबाट निशुल्क स्वच्छ पिउने पानी उपलब्ध हुनेछ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ, काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायत विशिष्ट व्यक्तिहरुको उपस्थित रहेको छ ।






