विश्वभर कोरोनाले २८ लाख ३९ हजारको मृत्यु

२० चैत्र,काठमाण्डौ ।
विश्वभरमा १० करोड ४८ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्ममा १० करोड ४८ लाख ७३ हजार ६ सय ३९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
हालसम्म विश्वमा १३ करोड एक लाख ४६ हजार तीन सय ४६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २८ लाख ३९ हजार एक सय १८ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुईकरोड २४ लाख ३३ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म तीन करोड १२ लाख ४३ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड ३७ लाख ५२ हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ६६ हजार दुई सय ७३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड २३ लाख दुई हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड १५ लाख २२ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ६३ हजार चार सय २८ जना पुगेको छ।नेपालमा हालसम्म दुई लाख ७७ हजार चार सय ६१ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७२ हजार आठ सय ५१जना निको भएका छन् । यहाँ कोरोनाबाट तीन हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।