भारतमा कोरोनाको जोखिम बढ्दो ३५ हजार ४८२ जनामा संक्रमण पुष्टि

५ चैत्र,काठमाण्डौ ।
भारतमा पछिल्लो २४ घण्टामा यो वर्षकै धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।६ महिनादेखि संक्रमण घट्दै गएको भारतमा फेरि संक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको छ ।भारतमा एकैदिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ को धेरै हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड १४ लाख ७३ हजार ९५६ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १७० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५९ हजार २४९ पुगेको हो ।यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १० लाख ६० हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ५३ हजार ७४६ छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।