सैनिक विमान दुर्घटना हुँदा चारको मृत्यु, दुई जनाको जीवितै उद्दार

काठमाडौं: काजकिस्तानमा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ । काजकिस्तानको राजधानी नुर सुल्तानबाट उडान भरेको एन–२६ सैन्य विमान अलमाटी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो ।

६ जना सवार विमानमा दुई जना गम्भीर घाइते भएका छन् । अवतरणका क्रममा विमानमा आगलागी भएको थियो । आगलागीका कारण विमान जलेर ध्वस्त भएको छ । आगलागी नियन्त्रण गर्ने क्रममा दुई जना यात्रुको सकुशल उद्दार गरिएको थियो । एजेन्सी

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।