एजेन्सी ।
सैन्य कू को विरोधमा जारी प्रदर्शनका क्रममा पक्राउ परेका म्यानमारका सत्तारुढ दलका नेतालाई हिरासतमा चरम यातना दिएका कारण मृत्यु भएको छ । सुरक्षाकर्मीले अत्याधिक याताना दिँदा आङसाङ सूकीको दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)का नेता झा म्याटलिनको मृत्यु भएको हो ।
याङगुनबाट पक्राउ परेको केही दिनमै उनको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।उनलाई हिरासतमा चरम यातना दिइएको बताइएको छ ।विघटित संसदको माथिल्लो सदनका सांसद म्याटलिन हिरासतमा मारिने दोस्रो नेता हुन् । यसअघि, एनएलडीका अर्का नेता खिन मौन लाटको गत शनिबार सेनाले नियन्त्रणमा लिएपछि हिरासतमै मृत्यु भएको थियो ।







