शक्तिशाली भूकम्पपछि न्युजिल्याण्डमा सुनामी आउने चेतावनी

एजेन्सी,
न्युजिल्याण्डमा तीनपल्टसम्म शक्तिशाली भूकम्पको महसुस भएपछि न्युजिल्याण्ड सरकारले सुनामी आउन सक्ने चेतावनी दिएको छ । त्यहाँको सरकारले उत्तरी द्वीपको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशनसमेत दिएको छ । राष्ट्रिय आपतकालीन एजेन्सीले पूर्वी तटीय क्षेत्रमा छाल आउनसक्ने चेतावनी दिएको हो ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्यहाँ रहेका हजारौँ नागरिकहरू सुरक्षित स्थानमा जाने प्रयास गरिरहेका छन् । अधिकारीहरूले न्यू क्यालेडोनिया, मानुआतु टापूहरुमा समुद्रको ठूलो छाल आउन सक्ने चेतावनी दिँदै सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् ।त्यहाँका तटीय क्षेत्रहरुमा समुद्रको पानी १० फिटसम्म उठ्न सक्ने अनुमान गरिएको छ ।

भूकम्पको धक्का महसुस भएपछि चिली पेरु, चिली, इक्वेडर र अमेरिकाका केही केही स्थानमा समेत १ मिटरसम्मको छाल उठ्न सक्ने अनुमान गरिएको छ ।बिहीवार दक्षिणी प्रशान्त महासागर क्षेत्रमा ७.२ रेक्टर स्केलकाे शक्तिशाली भूकम्प गएकाे थियाे । उक्त शक्तिशाली भूकम्पपछि शतर्कता अपनाइएको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।