नाइजेरियाको जाङ्गेबेस्थित एउटा नीजि विद्यालयबाट ३ सय १७ विद्यार्थी अपहरणमा

नाइजेरियाको उत्तर पश्चिमी जाम्फारा राज्यको जाङ्गेबेस्थित एउटा नीजि विद्यालयबाट ३ सय १७ विद्यार्थी अपहरणमा परेका छन् । बन्दुकधारीहरुको समूहले शुक्रबार विद्यालयबाट विद्यार्थीहरुलाई अपहरण गरी जंगलतर्फ लगेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

बन्दुक लगायत हतियारसहित विद्यालय पुगेको अपहरण गर्ने समुहको पहिचान खुलेको छैन । राष्ट्रपति मोहम्मद बुहारीले अपहरणको भत्र्सना गर्दै यो अमानवीय र अस्वीकार्य घटना भएको बताएका छन् । अपहरणमा परेकालाई सुरक्षित रुपमा स्वतन्त्र गराउन कुनै कसर बाँकी नराख्ने उनको भनाई थियो ।(एजेन्सी)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।