अमेरिकाले यमन युद्धको समर्थन रोक्ने

एजेन्सी,
अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा भइरहेका आक्रामक कारवाहीमा अमेरिकाले गर्दै आएको समर्थनको अन्त्य गर्ने बताएका छन्। ६ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएको बताइन्छ । “यमनमा युद्ध अन्त्य हुनुपर्छ,” विदेश नीतिबारे पहिलोपटक वक्त्व्य दिँदै अमेरिकी राष्ट्रपति जो बाइडनले भने।बाइडनका दुई पूर्ववर्तीहरूको प्रशासनका बेला हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धमा अमेरिकाले समर्थन जनाएको थियो। सन् २०१४ मा यमनको कमजोर सरकार र हुथी विद्रोहीबीच लडाइँ सुरु भएको थियो। त्यसको एक वर्षपछि साउदी अरेबिया र आठ अन्य अरब देशसहित अमेरिका, यूके र फ्रान्सले हुथीविरुद्ध हवाई हमला थालेपछि द्वन्द्व चर्किएको बिबिसीले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।