१९ माघ,काठमाण्डौ ।
संसद विघटन पछि सांगठनिक रुपमा विभाजन भएको केही समय पछि नेकपा प्रचण्ड माधव समुहले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष रहेका केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । यस अघि स्थायी समितिले गरेको निष्कासनको निर्णयलाई आज बसेको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो ।
यस्तै बैठकले पार्टी महासचिव विष्णु पौडेललाई पदबाट हटाउने निर्णय पनि पारित गरेको छ ।यी प्रस्ताव अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए ।ओली समुहले प्रचण्ड लगायतकालाई कार्बाही गरेको छैन । तर प्रचण्ड समुहले धमाधम कार्बाही गर्दै पदाधीकारी हेरफेर जारी राखेको छ । यस्तै आजको बैठकले संसद पुनस्थापनाको पक्षमा भईरहेका आन्दोलनको समिक्षा गर्दै माघ २८ गते राजधानीमा हुने शक्ति प्रदर्शनलाई थप भव्य बनाउने निर्णय गरेको छ ।







