इण्डोनेसिया विमान दुर्घटनाःउडेको ४ मिनेटमै खस्यो समुन्द्रमा

एजेन्सी।
इण्डोनेसियामा ६२ जना यात्रु बोकेको बोइङ सेभेन थ्री सेभेन विमान दुर्घटना भएको छ । राजधानी जकार्ताबाट पश्चिमी कालिमान्तन प्रान्तका लागि ६ बालबालिकासहित ५६ यात्रु र ६ जना चालकदलका सदस्यसहित उडेको उक्त विमान उडेको केहि बेरमा नै समुद्रमा खसेर दुर्घटनाग्रस्त भएको हो ।विमान समुद्रमा खसेको र केही यात्रुले तैरने प्रयास गरे पनि बचाउन नसकेको अधिकारीहरुले जनाएका छन् । विमान १ मिनेटको अन्तरमा १० हजार फिट तल झरेको थियो । विमानस्थलबाट २० किलोमिटर टाढा दुर्घटनामा परेको विमान भीषण बर्षाका कारण निर्धारित समयभन्दा आधा घन्टा ढिला उडेको थियो । एजेन्सीका अनुसार स्थानीय समय २ बजेर ३६ मिनेटमा उडेको बिमान २ बजेर ४० मिनेटमा अन्तिम सम्पर्कमा रहेको जनाएको छ ।

बोइङ ७३७–५०० मोडलको उक्त विमान २७ वर्ष पुरानो हो । उड्डयन सुरक्षा रेकर्ड तुलनात्मक रुपमा कमजोर रहेको इन्डोनेशियाका विमान सेवाहरूलाई एक दशकभन्दा बढी समयसम्म यूरोपमा प्रतिबन्ध लगाइएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।