२४ पुष,एजेन्सी ।
अमेरिकी राष्टपतीय निर्वाचनको परिणामलाई लिएर राष्टपति डोनाल्ड ट्रम्पका समर्थकहरुले संसद भवनमा गरेको आक्रमणप्रति निर्वाचित राष्ट्रपति जो वाइडनले कडा शब्दमा निन्दा गरेका छन ।यो आक्रमणलाई उनले राज्यद्रोहको संज्ञा दिएका छन । बाइडनले हिंस्रक आक्रमणको एक दिनपछि ट्रम्प समर्थक भिडलाई घरेलु आतंकवादी समेत भनेका छन ।
उनले भने, “हिजो हामीले दे देख्यौं, त्यो आम मानिसबीचको असन्तुष्टि थिएन । त्यो कुनै विरोध थिएन । त्यो केवल अराजकता थियो । उनीहरु प्रदर्शनकारी थिएनन् । उनीहरुलाई प्रदर्शनकारी भन्न आवश्यक छैन । उनीहरुलाई राजद्रोही या घरेलु आतंकवादी भन्न सकिन्छ ।”
वाइडनले ब्ल्याक म्याटर आन्दोलनसंग तुलना गर्दै भने, “कसैले मलाई भन्न सक्दैन कि बुधबार भएको हिंस्रक आक्रमण ब्ल्याक म्याटर आन्दोलनका समुह भएको भए उनीहरुसंग राम्रो ब्यवहार गरिदैनथ्यो ? संसद भवनमा आक्रमण गर्नेहरुको तुलनामा अलग्गै ब्यवहार गरिन्थ्यो । हामी सबैलाई थाहा छ, यो सत्य हो । तर अस्विकार्य हो ।”







