ट्रम्पका समर्थकले मच्चाएको हिंशामा चारको मृत्यु

एजेन्सी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले बाईडेनलाई संसदले बिजेता घोषणा गर्नु अघि संसद भवन क्यापिटल हिलमा मच्चाएको हिंशामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । एक महिला सहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सडकमा निस्किएर हिंसात्मक प्रदर्शन सुरु गरेपछि अमेरिकी राजधानी वासिङ्टन डीसीमा कर्फ्यु जारी गरिएको छ ।ट्रम्प समर्थकले बुधबार क्यापिट हिल्स भवनमा पसेर हिंसात्मक प्रदर्शन गरेका थिए । हतियार सहित ट्रम्पका समर्थकहरु संसद भवनमा प्रवेश गरेका थिए । अमेरिकी कंग्रेसमा इलेक्टोरल कलेजको गणनालाई लिएर बहस भइरहेका बेला ट्रम्प समर्थकले हिंसा मच्चाएका हुन् ।बुधबार अमेरिकी काँग्रेसले डेमोक्रेटक उम्मेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गर्ने कार्यक्रम थियो । राष्ट्रपति ट्रम्पका समर्थकहरुले चुनाव रद्द हुनुपर्ने माग गर्दै हिंशा मच्चाएका हुन । पहरीले ट्रम्प समर्थक एक दर्जन बढीलाई नियन्त्रणमा लिएको छ ।

क्यापिटल हिल्समा हिंसा मच्चिएपछि फेसबुक, युट्युब र ट्विटरले राष्ट्रपतिको सन्देशसहितको भिडियो हटाएका छन् । ट्रम्पको निर्वाचनको नतिजा बारेका गलत दाबीहरुले नै हिंशा भड्काउन मद्धत पुगेको विस्वास सहित यो भिडियो हटाईएको जनाईएको छ । यस हिंसात्मक घटनाको उपराष्ट्रपति माईक पेन्स र पूर्व राष्ट्रपतिहरुले कडा भत्र्सना गरेका छन् ।ट्रम्पले नै हिंसा भड्काउन सघाएको भन्दै रिपब्लिकन सांसदका साथै पूर्वराष्ट्रपति बाराक ओबामा, बिल क्लिन्टनलगायतले पनि कडा आलोचना गरेका छन् । पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसले त एक वक्तव्य जारी गर्दै यस प्रकारको ‘राजद्रोह’ पागलपन भएको प्रतिक्रिया दिएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।