एजेन्सी। अलिबाबा कम्पनीका मालिक तथा चिनियाँ अर्बपति ज्याक मा दुई महिनादेखि ‘बेपत्ता’ छन् । जसका कारण चिनियाँ सरकारमाथि गम्भिर प्रश्न उठेको छ। चिनियाँ धनी व्यक्ति ज्याक मा हराएको बिषयमा शंका उठाइएको छ। यसअघि उनले चिनियाँ सरकारी एजेन्सीहरूको काम गर्ने तरिकामाथि प्रश्न उठाएका थिए। फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार, ज्याक मा लगभग दुई
महिना देखि कुनै सार्वजनिक कार्यक्रममा देखिएका छैनन ।आफ्नै टिभी कार्यक्रम ‘अफिसको बिजनेस हीरो’ मा, ज्याक माको ठाउँ प्रतिस्थापन गर्न कसैलाई पठाइएको छ। यद्यपि अलीबाबा कम्पनीका प्रवक्ताले भने ज्याक मा टिभी कार्यक्रममा भाग लिन नआएको वताउने गरेका छन्।
रिपोर्टका अनुसार, ज्याक माको वेपत्ता प्रकरणले उनी कठिनाइहरूको सामना गरिरहेका छन् भन्ने संकेत गर्दछ। यद्यपि चीनमा धनी मानिस बेपत्ता हुने घटना नयाँ भने होइन । फोर्ब्सको एक रिपोर्टका अनुसार २०१६ देखी २०१७ बीचमा चीनका धेरै अर्बपतिहरू हराएका थिए।
प्रतिवेदनका अनुसार २०१६ देखी २०१७ बीचमा बेपत्ता पारिएका धेरै व्यक्तिलाई फेरि कहिल्यै देखिएको छैन । यी अर्बपतिहरूको वेपत्ता पछाडि तिनीहरूका पत्नीहरू, प्रेमीहरू, व्यापार प्रतिस्पर्धीहरूको हात थियो। तर, जब हराइरहेका धनीहरूमध्ये केही फर्के, तिनीहरूले अधिकारीहरूलाई सहयोग गरिरहेको भने।
नोभेम्बरमा, ज्याक माले चीनको नियामक र राज्य बैंकद्वारा संचालित बैंकको आलोचना गरेका थिए । त्यसपछि, चिनियाँ अधिकारीहरूले ज्याक माको प्रतिकार गरे र उनको कम्पनी एन्ट ग्रुपको आईपीओ स्थगित गरियो।गत हप्ता, चिनियाँ एजेन्सीहरूले ज्याक माको कम्पनी एन्ट ग्रुपको बिरूद्ध छानबिन सुरु गरिरहेको बताएका थिए। ज्याक माले कोरोना महामारीका बीच युरोप, अमेरिका र विश्व स्वास्थ्य (डब्लूएचओ) लाई मास्कलगायतका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका थिए । Photo Source: times magazine







