असार ८ शुक्रबार |
यी मन्त्री आफैले पत्रकारलाई भनेका छन्–कृषिमा चाहिने अनुदानको मल प्लाइउड कारखानाहरूले प्रयोग गरिरहेका छन् ।जब मन्त्रीलाई कृषि मलको दुरूपयोग भएको थाहाँ छ भने उनी कारवाही गर्न गराउन नसकेर किन भाषण गरिरहेका छन् ।
अनुदानको मल दुरूपयोग भइरहेको भन्ने थाहाँ पाएपछि कुन कुन कारखानाले दुरूपयोग गरेको हो, मन्त्रीले छानबिन, अनुसन्धान गराएर कारवाही गराउन र कृषकको हक र हितमा उभिन नसक्ने मन्त्री किन झण्डा हल्लाएर हिडिरहेका हुन्, बुझन सकिएन भन्छन् कृषकहरू ।
धान दिवसमा सहभागी भएर यिनै मन्त्री भुसालले कृषकले पाउनु पर्ने मल गरै कृषकले दुरूपयोग गरेको भन्दै मन्त्रीले सक्कली किसानलाई सचेत हुन आदेश दिएका छन् ।
कृषकले कृषि गरून् कि मल कुन कुन गैर किसानले दुरूपयोग गरेको हो भनेर बुझ्न हिडुन् ?
किसानले अनियमितता हेर्नु पर्ने, मल कहाँ गयो भनेर खोज्नुपर्ने हो भने मन्त्रीले के गर्ने ?
नियमनकारी निकायहरू तमासा हेर्ने, के के न गर्छु भन्ने मन्त्रीको फुइँकी पनि देखियो ।
यस्तो नेता खोज्न थाले जनता
देशका विभिन्न क्षेत्रबाट धरान पुगेका युवाहरूले मेयर हर्क साम्पाङ राईलाई सघाइरहेका छन् ।उत्साहवर्धक साथ र सहयोग पाएका मेयर हर्क जंगलमै रात बिताउँछन्, पानीका लागि ढुंगा बोक्छन्, पानी आएपछि खुशीले रून्छन् ।
उनको एउटै वाक्य छ– धरानबासीलाई पानी खुवाउ नसकिन भनेम मयेर भएको के काम ? कसैले नसोचेको तरिकाले धरानमा यसरी पानी ल्याइरहेका छन् ।कोशीको पानी पनि उनले ल्याउने पक्का छ । यस्ता मेयर पो मेयर भन्छन् धरानवासी । गोरखा एक्सप्रेसबाट ।








