प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त

२०८० असार १ शुक्रबार |
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त हुनुभएको छ ।उहाँले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज कार्कीको नाम प्रधानन्यायधीशमा अनुमोदन गरेको थियो ।आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदै हुनुहुन्छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।