असार १ शुक्रबार |
भारतसँग नेपालको सीमा विवाद दिन दिनै देशभर चर्किंदै छ । यो विवाद छिटो समाधान नभए देशभर भारतको विरुद्ध आगो बल्ने निश्चित छ । कालापानी र लिपुलेकको विवाद अन्तर्राष्ट्रिय अभ्यास टेकेर गर्नु पर्ने सीमाविद्हरुको भनाइ छ ।
नेपालले विगतमा चीन र ब्रिटिस इण्डियासँग आफ्नो जमीन सट्टापट्टा गरेको सम्झिदै ६० वर्षदेखि कालापानी इलाकामा भारतीय फौज राखेर उत्पन्न तनाव हटाउन दुवै देशको पहलको खाँचो छ ।
नेपालका सर्वेयर बुद्धिनारायण श्रेष्ठले सीमा विवाद नेपालले जति छिटा समाधान ग¥यो त्यति राम्रो हुने आंकलन गर्नु भएकोु छ ।
उहाँले लिपलुेक र लिम्पियाधुराको ३१० वर्ग किलोमिटर जमीन भारतसँग काकडभिट्टाबाट पूर्वतर्फ बंगलादेश जाने त्यति नै जमिन भारतसँग लिएर साटा साट गर्दा सीमा विवाद टुङ्गोमा पुग्न सक्ने विश्वास व्यक्त गर्नुु भएको छ ।
विशाल नेपालको दुर्भाग्य नै भन्नु पर्दा यसमा नेपाल अंग्रज युद्ध र १८१५ मा २ डिसम्बरको दिन सुगौली सन्धी हुँदा नेपालीले प्रशस्त जमीन गुमाउन पुगे ।
चीन र नेपालबीचका सीमा विवाद राजा श्री ५ महेन्द्रले सन् १९६१ का अक्टुबरमा गरेको राजकीय भ्रमणद्वारा नेपाल रे चीनबीच सीमा सन्धीमा सम्झौता गरेर टुग्याएको थियो ।
अहिले खासै विवाद छैन । भारत तर्फ भने धेरै ठाउँमा मिचिएको अवस्था छ । नेपाली भ–भाग भारतले छोड्न पर्दछ । अर्पण साप्ताहिकबाट ।








