तरकारीमा भ्याटको असर : ३५ रुपैयाँको प्याज बढेर ७० पुग्यो

बिहिबार, जेष्ठ २५

सरकारले प्याज लगायतका तरकारीमा मूल्य अभिवृद्धि कर ९भ्याट० लगाएपछि अहिले बजारमा प्याजको कारोबारनै बन्द भएको छ । प्याजमा सरकारले १३ प्रतिशत भ्याट लगाउदा व्यपारीहरुले प्याज महंगोमा बेच्न नसक्ने भन्दै कारोबार नै बन्द गरेका हुन् ।हिजो आज कालिकाटी तरकारी बजारमा उपभोकताले प्याजको एक दाना पनि देख्न र भेट्न पाएका छैन् । सरकारले प्याज लगायतका तरकारीहरुमा १३ प्रतिशत भ्याट लगाउँदा व्यापारीहरुले महंगोमा प्याजको कारोवार गर्न नसकिने भन्दै कालिमाटीका तरकारी व्यवसायीले प्याज आपूर्ती बन्द गरेका हुन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।