पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन प्रहरी हिरासतमा राख्न अनुमति

वैशाख २७, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंले उनलाई चार दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।बुधबारै खाँण आफ्नै निवासबाट पक्राउ परेका थिए । पक्राउपछि प्रहरी परिसर टेकु लगिएका खाँणलाई बुधबारै जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अब उनी प्रहरी थुनामा रहने छन् ।

यो प्रकरणमा खाँण, सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार ईन्द्रजित राईलगायत १२ जना पक्राउ परेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।