मान्छेको बिक्री वितरण गर्ने व्यापारीहरुलाई कडा कारबाही होस : सांसद केसी

बैशाख २५ सोमबार |
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले मुलुक काण्डै काण्डबाट आक्रान्त बनेको टिप्पणी गरेका छन् ।उनले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा बोल्दै यो प्रकरणमा दुधको दुध र पानीको पानी छुट्याउन माग गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठक बोल्दै सांसद केसीले भने–‘मान्छेको बिक्री वितरण गर्ने व्यापारीहरुलाई कडा कारबाही होस । र, सदनको कामकारबाही सुचारु रुपमा अघि बढाउनुपर्छ ।’

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।