११ बैशाख,काठमाण्डौ ।
चितवन २ को मतगणना चल्दै गर्दा रवि लामिछानेले अग्रता लिएका छन्। दुई हजार ४ सय ९२ मत गन्दा उनले एक हजार १५५ मत पाएका छन्।
अहिले इच्छाकामना गाउँपालिका १ र ३ को मत गणना जारी छ । यी वडाबाट मंसिर ४ मा भएको निर्वाचनमा उनले कम मत पाएका थिए।
एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन्। उपनिर्वाचनका लागि चितवन २ मा दुई महिलासहित २२ उम्मेदवार छन् ।








