त्रिभुवन विमानस्थलसँग सबै जहाजको सम्पर्क टुट्यो

वैशाख १०,
त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलसँग सबै जहाजको सम्पर्क टुटेको छ। सञ्चार सम्पर्क अवरुद्ध हुँदा काठमाडौंबाट कुनै पनि जहाज उड्न सकेका छैनन्। अन्य विमानस्थलबाट नयाँ उडान पनि रोकिएको छ। सञ्चार सम्पर्क नहुँदा जहाज उडान-अवतरण बन्द भएको हो।सम्पर्क टुट्दा अहिले दुबई, नयाँदिल्ली, अबुधावीबाट आएका जहाज काठमाडौंकै आकासमा ‘होल्ड’ गरिरहेका छन्। आन्तरिक विमानस्थलबाट आएका अन्य तीन जहाज पनि होल्डमा छन्।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले पाइलट र ‘एयर ट्राफिक कन्ट्राेलर’ (एटिसी) बीच हुने संवाद नबुझिने गरी प्राविधिक समस्या आएको जानकारी दिए।

प्राविधिक समस्या समधानका लागि विमानस्थलले काम गरिरहेको उनको भनाइ छ। दिउँसो २.३० बजेबाट समस्या आएको र केही समयमा समाधान हुने उनले बताए।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।