लामिछानेका गुण्डाहरूले बुथ कब्जा गर्न खोजे, भाँडभैलो मच्चाएपछि तत्काल सेना र प्रहरी आयो

१० बैशाख,काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उम्मेदवार रवि लामिछानेका समर्थक र कार्यकर्ताहरूले मतदान स्थलमा भाँडभैलो मच्चाउने प्रयास गरेका छन् । लामिछानेका कार्यकर्ताले भाँडभैलो र होहल्ला गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । भाँडभैलो गर्न खोज्ने कार्यकर्ताहरूलाई लखेटेको छ ।

स्थानीयले लामिछानेका समर्थक गुण्डाहरूले बुथ कब्जा गर्न खोजेको भन्दै आक्रोश पोखेका छन् । लामिछानेको क्रेज पहिलाभन्दा घटेको छ । लामिछाने पराजित हुने हो कि भनेर उनका समर्थक र गुण्डाहरूले बुथ कब्जाको प्रयास गरेको आरोप छ ।
भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा रास्वपाका कार्यकर्ताले केहीबेर तनाव उत्पन्न गरेका थिए । लामिछानेका समर्थकहरूले निर्वाचन आचारसंहिता विपरित नाराबाजी गरेपछि तनाव सिर्जना भएको हो ।
मतदानस्थलमा आएलगत्तै उनका समर्थकहरूले लामिछानको पक्षमा नाराबाजी गरेका थिए ।

उनीहरूलाई प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो । त्यसक्रममा भागाभाग भएको थियो । रास्पाका कार्यकर्ताले प्रहरीलाई धक्का मुक्का गर्नुका साथै आक्रमणको प्रयास गरेका छन् । तनाब थप नबढोस् भनेर मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।