१३ चैत्र,काठमाण्डौ ।
क्रिकेटर सन्दिपलामिछानेको मुद्दा आज पनि बन्द इजलासमा बहस हुने भएको छ । यसअघि उनलाई विदेशमा खेल्न जान दिने बहस सर्वोच्चमा पनि बन्द इजलासमा गरिएको थियो ।
बन्द इजलासमा मुद्दा सुनुवाई हुँदा त्यहाँ सम्बन्धित व्यक्ति र उनका कानुन व्यवसायीबाहेक अरू कोही पनि सहभागी हुन सक्दैनन् ।
आजदेखि सुरु हुने बहसमा जबरजस्ती करणी मुद्दामा सन्दीप दोषी हुन् वा निर्दोष ? भन्ने विषयमा काठमाडौं जिल्ला अदालतले टुंगो लगाउने छ। सोमबार सरकारी वकिल र पीडितको तर्फबाट कानून व्यवसायीले बहस गर्ने तयारी छ। पीडित पक्षका कानुन व्यवसायी पछि सन्दीपको तर्फबाट कानून व्यवसायीले बहस गर्ने जनाइएको छ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्दै विदेश जान अनुमति दिएको थियो। सर्वोच्चको आदेश लगत्तै उनी दुबईमा क्रिकेट खेलेर फर्किएका थिए ।








