काठमाडौं, १० चैत । राष्ट्रिय जनगणना २०७८ कोअन्तिम नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ [४८.९८ ] प्रतिशत र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ [५१.०२] प्रतिशत छ ।
जसअनुसार लैङ्गिक अनुपात अर्थात प्रति १०० जना महिलामा पुरुषको संख्या ९५।५९ जना रहेको छ ।