सोमबार, चैत्र ६
आगामी वैशाख १० गते हुन गइरहेको चितवन–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ ।
गत बैशाखमा सम्पन्न निर्वाचनका उम्मेदवार रहेका उमेश श्रेष्ठसहित ११ जनाको नाम सिफारिस गरेर केन्दमा पठाउने निर्णय गरेको हो । साथै, पूर्व जिल्ला सभापति विकास कोइरालालगायतको कारबाही फुकुवाको निर्णय लिँदै केन्द्रमा पत्राचारसमेत गरेको छ ।







