फाल्गुण २६ शुक्रबार |
सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ’विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र यसबारेमा लिखित जवाफ पेश गर्न आदेश गरेको हो ।
आजको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द भण्डारी, दिनेश त्रिपाठी, बालकृष्ण न्यौपाने, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइँटेल, ध्रुवलाल श्रेष्ठले बहस गरेका थिए।
अधिवक्ताद्धय ज्ञानेन्द्र आरन र कल्यान बुढाथोकीलगायतले प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।








