गृहमा काँग्रेस, माओवादी र नेकपा एसको नजर

फाल्गुण २६ शुक्रबार |
नेताहरु सत्ता र कुर्चिका लागि मरिहत्ते गर्न थालेपछि राजनीतिक दलहरुप्रति जनताको वितृष्णा देखिएको छ । जनताको समस्याका बारेमा बखान गरेर नथाक्ने नेताहरु फेरी गृहमन्त्री खान तँछाडमछाड गर्न थालेको खबर प्राप्त भएको छ ।रास्वपाका सभापति रवि लामिछानेले नागरिकता काण्डमा मुछिएर गृहमन्त्रीबाट हटेपछि अहिलेबाट हटेपछि अहिलेसम्म गृहमन्त्रालय नेतृत्वविहीन छ ।

उक्त मन्त्रालको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हालेकै अवस्थामा सत्ता समीकरण परिवर्तन भएपछि गृहमन्त्री बन्न काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले लविङ शुरु गरेको समाचार श्रोतले बताएको छ ।

गृहमन्त्रालय प्रधानमनत्रीको पार्टीले पाएमा हालका भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले पाउने र भौतिक नेकपा एकीकृत समाजवादीले लिने बताइएको छ । भौतिकमा नेकपा एसबाट प्रकाश ज्वाला र राजेनद्र पाण्डेको चर्चा चलेको छ ।

यता गृहमन्त्रालयको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने दावी गरे पनि अर्थ मन्त्रालय पाए गृह काँग्रेसले नपाउने बताइएको छ । गृहमन्त्रालय शक्तिशाली भएका कारण काँग्रेस, माओवादी र एकीकृत समाजवादीको रोजाईमा परेको छ ।

सिडीओदेखि प्रहरी संगठनमा चलखेल गर्न पाइने भएकाले दलहरुले तँछाडमछाड गरेको समाचारमा उल्लेख गरिएको छ । काँग्रेसले गृहमन्त्रालय पाएमा उपसभापति पूर्ण बहादुर खड्काले सरकारको नेतृत्व गरेर जाने बताइएको छ ।

काँग्रेसमा मन्त्री खान हानाथाप
सात दलीय गठबन्धन भत्किएपछि नेकपा एमाले सरकारबाट बाहिरिएको छ । राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय पछि एमाले गत फागुन १५ गते सरकारबाट बाहिरिएको हो ।

एमालेले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मत समेत फिर्ता लिएको छ । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले पनि सरकारबाट बाहिरिएसँगै विश्वासको मत समेत फिर्ता लिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारबाट बाहिरिएको छ । तर, समर्थन फिर्ता लिएको छैन । हाल सरकारमा माओवादी केन्द्रका ६ जना र जनमत पार्टीको एकजना गरी सातजना मात्र मन्त्री छन् ।

प्रधानमन्त्री दाहालले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । नयाँ गठबन्धनमा आठ वटा पार्टीले दाहाललाई समर्थन गरेपछि मन्त्री खान हानथाप शुरु भएको छ । काँग्रेसमा सरकारको नेतृत्व कस्ले गर्ने भन्ने विवाद शुरु भएको छ ।

सरकारको नेतृत्व गर्न काँग्रेसमा निस्कलंक छवि बनाएका नेता पूर्णबहादुर खडका, नेता विमलेन्द्र निधी, डा. प्रकाशशरण मत, ज्ञानेन्द्र बहादुर कार्की र डा. आरजु राणाबीच तीब्र प्रतिस्पर्धा चलेको जानकारहरुले बताएका छन् ।

तर, नेता खड्काले मन्त्रिमण्डलमा सामेल नहुने कुरा बताएपछि काँग्रेसबाट उपसभापतिद्वय मध्ये धनराज गुरुङ मन्त्री बन्ने सम्भावना देखिन्छ । परराष्ट्र मन्त्रालय निधि र राणाको रोजाइमा परेको समाचार श्रोतले बताएको छ ।

आठ दलीय गठबन्धन सरकारमा काँग्रेसले बढीमा नौ वटा मन्त्रालय पाउने सम्भावना छ । संस्थापनइतर पक्षबाट डा. शेखर कोइराला, धनराज गुरुङ, प्रदीप पौडेल र अर्जुननरसिंह के.सी. मन्त्री बन्ने लाइनमा छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मन्त्री नबने उदघोष गरिसकेका छन् । नयाँ विमर्शका साथमा ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।