१८ फाल्गुण,काठमाण्डौ ।
आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला बाईबाले विष सेवन गरी आत्महत्या प्रयास गरेकी छन् । उनले बुधबारी राति विष पिएको बताइएको छ । उनी पछिल्लो समय पत्रकार ऋषि धमला संग नाम जोडेर बिबादित बनेकी छन्।
विष पिएको थाहा पाउनेबित्तिकै उनको उद्धार गरेर वीर अस्पतालमा उपचारका लागि लगिएको थियो । काठमाडौँको बानियाँटारमा बस्दै आएकी वाइबाले आफ्नै निवासमा विष पिएको र अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार वाइबाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र हाल आइसियूमा राखेर उपचार भइरहेको छ । यद्यपि उनले विष पिउनुको कारण खुल्न सकेको छैन । उनी आफू बोल्न सक्ने अवस्थामै रहे पनि यसबारे केही खुलाएकी छैनन् ।
पछिल्लो समय वाइबाले पत्रकार ऋषि धमलासँग आफ्नो सम्बन्ध रहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै विवादमा आएकी थिइन् । साथै कलाकार पल शाह काठमाण्डौ आउदा उनलाई नभेटेकोमा समेत खरो टिप्पणी समेत गरेकी थिईन् ।








