लोत्से मलमा आगजनी, तोडफोड र लुटपाट गर्ने मुख्य व्यक्तिहरू पक्राउ

फाल्गुण ४ बिहीबार |
ल्होत्से मलमा भएको लुटपाटमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । यातायात मजदुरको आन्दोलनका क्रममा उक्त मलमा प्रवेश गरेर मोबाइलहरु चोरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।लुटपाटमा संलग्नहरुलाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरिएको छ ।आज पक्राउ परेका थप १५ जनामा अधिकांश त चालक र सह–चालक रहेको प्रहरीले जनाएको छ।

यस्तो छ घटनाको विवरण
मिति २०७९।११।०१ गते काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायिहरूले ट्राफिक कारवाहीको विषय लगायत विभिन्न १०(दश) वुँदे माग राखी गरेको विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूलेप्रहरी भ्यान, प्रहरी विट, ट्राफिक आईल्याण्ड तोडफोड तथा आगजनी गरेको र ल्होत्से मलमा तोडफोड गरी भित्र प्रवेश गरी मोवाईल पसलमा लुटपाट समेत भएको घटनामा संलग्न व्यक्तिहरूलाईयस कार्यालयको टोलीले मिति२०७९।११।०३गतेकाठमाण्डौका विभिन्न स्थानहरूबाट पक्राउगरीअपराधिक उपद्रव गर्न नहुने कसूर र चोरी सम्बन्धि कसुर मुद्दामा थप अनुसन्धान तथा कारवाहिको लागिमिति २०७९।११।०४प्रहरी वृत्त, बालाजु र महाराजगंज पठाईएको ।

साथै पक्राउ परेका मध्ये अधिकांश व्यक्तिहरू चालक, सहचालक तथा यस अघी विभिन्न अपराधिक घटनामा संलग्न रहेको पाईएको ।

लोत्से मलमा भएको चोरीमा संलग्न व्यक्तिहरू :
१. नाम : सुरज मगर (ताप्ले)
उमेर : १९ बर्ष
ठेगाना : पाँचखाल, काभ्रे
हाल : का.जि.जरङ्खु
पेशाः सहचालक

२.नाम : रितेश वस्नेत (भेना)
उमेर : ३० बर्ष
ठेगाना : चौदण्डी-०५, उदयपुर
हाल : का.जि.तार्केश्वर
पेशाः ज्याला मजदुरी

३. नाम : यमन राई
उमेर : ३० बर्ष
ठेगाना : बेलवारी-०४, मोरङ
हाल : का.जि.तार्केश्वर
पेशाः ज्याला मजदुरी

आगजनी तथा तोडफोडमा संलग्न व्यक्तिहरू :
१. नाम : सुनिल कालिकोटे
उमेर : १८ बर्ष
ठेगाना : ककनी-०८, नुवाकोट
हाल : का.बालाजु
पेशाः विद्यार्थी

२. नाम : रोमन नगरकोटी (सिगाने)
उमेर : २२ बर्ष
ठेगाना : का.म.न.पा.१६, माछापोखरी
पेशाः व्यापार

३. नाम : सुदिप तामाङ
उमेर : १८ बर्ष
ठेगाना : ककनी-०७, नुवाकोट
हाल : का.जि.बालाजु
पेशाः विद्यार्थी

४. नाम : माधव शाही
उमेर : ३३ बर्ष
ठेगाना : का.म.न.पा.१६, माछापोखरी
पेशाः व्यापार

५. नाम : केशर राई
उमेर : १९ बर्ष
ठेगाना : सुर्यगढी-०४, नुवाकोट
हाल : का.जि.लोलाङ
पेशाः सहचालक

६. नाम : ईन्द्र तामाङ
उमेर : १८ बर्ष
ठेगाना : सिन्धुलिगढी-०६, सिन्धुली
हाल : का.जि.जरङ्खु
पेशाः सहचालक

७. नाम : ईलाराज गुरूङ
उमेर : २६ बर्ष
ठेगाना: निलकण्ठ-०६, धादिङ
हाल : का.जि.तार्केश्वर
पेशाः ड्राईभर

८. नाम : राजन राउत
उमेर : २७ बर्ष
ठेगाना : उदयपुरगढी-०६, उदयपुर
हाल : का.जि.ढुङ्गेधारा
पेशाः सहचालक

९. नाम : हरिशरण तामाङ
उमेर : २८ बर्ष
ठेगाना : नमोबुद्ध-०२, काभ्रे
हाल : का.जि.सामाखुसी
पेशाः ड्राईभर

१०. नाम : विकाश गुरूङ
उमेर : १८ बर्ष
ठेगाना : निलकण्ठ-०६, धादिङ
हाल : का.जि.तार्केश्वर
पेशाः सहचालक

११. नाम : संविधान परियार
उमेर : २७ बर्ष
ठेगाना : रत्ननगर-११, चितवन
हाल : का.जि.डल्लु
पेशाः ड्राईभर

१२. नाम : कविन खड्गी
उमेर : १९ बर्ष
ठेगाना : का.म.न.पा.-२६, सामाखुसी
हाल : का.जि.तार्केश्वर
पेशाः वेटर

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।