माघ २९ आइतबार |
राष्ट्रपति भण्डारीको कार्याकाल आगामी फागुन २८ गते सकिदै छ । त्यसपूर्व फागुन २५ गते नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । देशमा राष्ट्रपति र उपराष्ट्रपति चुनावको मिति तय भएसँगै राष्ट्रपति पदका लागि रस्साकस्सी मच्चिएको छ ।
योसँगै राष्ट्रपतिमा पात्र र अंकगणितको हिसाब किताब हुन थालेको छ । सत्ता गठबन्धन टिकेमा यसैले राष्ट्रपति र उपराष्ट्रपति चाहेको व्यक्तिलाई जिताउन सक्छ । तर, गठबन्धनमा दरार चुलिएको छ ।
यता राष्ट्रपति चुनावमा दलहरु उम्मेदवार चयन र अंकगणितमा केन्द्रित हुँदै गएका छन् ।सरकारको नेतृत्व गरेको माओवादी केन्द्रवले राष्ट्रपति चयन बारे राष्ट्रिय सहमतिको निर्णय गरेपछि नेपाली कांग्रेस हौसिएको चर्चा राजनितिक बृतमा चुलिएको छ भने नेकपा एमालेमा सशंकित छ ।
सत्ता गठबन्धनको मुख्य ठूलो दल भएकाले एमालेमा राष्ट्रपति आफ्नो पन्जामा पार्ने छनकमा छ ।प्रधानमन्त्री, संघीय संसदको सभामुख र उपसभामुख तथा प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्री भागबण्डा सकिसकेपछि राष्ट्रपति र उपराष्ट्रपति मात्रै चुन्न बाँकी हुँदा नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको विषयले गठबन्धनमा खटपट बढ्दैछ ।
एमाले र माओवादीबिच जुन किसिमको सहमति भएको हो त्यो कार्यन्वयन नभए एमालेले कडा कदम चाल्ने संकेत गरिसकेको छ ।एमालेबाट डोरमणी पौडेल, ईश्वर पोख्रेल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य लगायतको नाम चर्चामा रहेको छ । राष्ट्रिय नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठदेखि सुजता कोइरालासम्म दाबेदार देखिएका छन् ।
सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिमा अगाडि बढाउन एउटा पक्ष सक्रिय भइसकेको छ ।सहमतिको विषय उठ्नुले एमाले पंक्तिलाई झस्काइ रहँदा गैरराजनीतिक व्यक्तिहरुमा खिलराज रेग्मी, कल्याण श्रेष्ठ, सुशीला कार्की, राजनीतिज्ञ तथा अधिकारकर्मी दमननाथ ढुंगानाको पनि चर्चामा रहेको छ ।
माओवादी केन्द्रले बालकोटको सहमति विपरित राष्ट्रपति राष्ट्रिय सहमतिको कुरा उठाउनु र कांग्रेसले राष्ट्रपतिमा बलियो दाबेदार रहेको भन्नुले पनि सत्ता गठबन्धनमा खैलाबैला बढेको देखिन्छ ।प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति र पहल कदमीमा कांग्रेस नेतृत्व, विश्वासको मतको बदला राष्ट्रपतिको चुनावमा सहयोग पाउने आशामा छ ।
प्रचण्ड भने कांग्रेस र एमालेको विवादमा दुवै शक्ति निकटस्थ बाहेकलाई राष्ट्रपति बनाउने रणनीतिमा छन् ।उता आफूलाई गोरखाबाट चुनाव जित्न सहयोग पुर्याएका डा.बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउने दाउमा छन् प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्ड रहेको स्रोतले जनाएको छ ।
बाबुरामलाई पनि राष्ट्रपति बन्ने इच्छा व्यक्त गरिसकेका छन् । राष्ट्रपति आफू पक्षधर हुँदा पार्टीको आन्तरिक शक्ति सन्तुलनमा पनि सहज हुने विगतका राष्ट्रपतिको भूमिकाबाट दलहरुले भोगेका छन्।संविधानको रक्षा र पालनामा भन्दा पनि राष्ट्रपतलिाई आफू अनुकल बनाउन दलहरुले तीब्र लबिङ बढाई रहेका छन् ।
यसकारण पनि राष्ट्रपति चुनावको अघि या पछि सत्ता संघर्षले नयाँ परिणाम दिन सक्ने देखिदैछ ।राष्ट्रपति निर्वाचन सम्पन्न लगत्तै सत्ता गठबन्धनमा समेत खटपट हुने छाटकाट देखिएको छ ।कांग्रेस सकेसम्म राष्ट्रपति आफ्नै पार्टीबाट बनाउन नसके एमालेको पोल्टामा पर्न नदिने भित्री रणनीतिमा छ ।
त्यसो त कांग्रेस र एमाले पनि मिलेर सत्ता चलाउने गर राष्ट्रपतिमा सहमतीका लागि गोप्य छलफल भइरहेको स्रोतले जनाएको छ ।राष्ट्रपतिका लागि उपयुक्त पात्र भन्दै चर्चामा आएका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रूइतले आफ्ना लागि राष्ट्रपति पद नबनाएको बताएका छन्।
उनले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने कामहरू धेरै रहेको बताएका थिए ।








