उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

२७ माघ,काठमाण्डौ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । आजको बैठक राजनीतिक संकट समाधानमा केन्द्रित हुने नेताहरुले बताएका छन् । आजको बैठकमा मुख्यगरी राष्ट्रपति र उपराष्ट्रपतिको आगामी निर्वाचन, मन्त्रिपरिषदको पूर्णता, राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी तथा नागरिक उन्मुक्ति पार्टीको माग सम्बोधन बारेमा छलफल हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली, सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायत सहभागी छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।