तीन थान एयर गनसहित चार भारतीय नियन्त्रणमा

माघ २४ मंगलबार | पत्रपत्रिका
झापाको काँकडभिट्टा नाकाबाट तीन थान एयर गन (बन्दुक)सहित चार जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।रत पश्चम बङ्गाल दार्जिलिङ जिल्ला बस्ने २० वर्षीय ओम साह, सोही ठाउँका २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मो. सुलतान हुसेन र २० वर्षीय बिट्टु सरकारलाई एयर गनसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।

मेचीनगर नगरपालिका-६ स्थित भन्सार गेट अगाडि इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट काँकडभिट्टाको संयुक्त प्रहरीले टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

भारतबाट नेपाल तर्फ आइरहेका उनीहरूलाई सीमा नाकामा तैनाथ सुरक्षाकर्मीले चेकजाँच गर्दा फलाम र काठले बनाएको टमी कम्पनी उल्लेख तीन वटा एयर फेला पारेको थियो।

मेला तथा महोत्सवमा खेलाइने मनोरञ्जनात्मक खेल (बेलुन फोड्ने) मा एयर गनको प्रयोग बढी मात्रामा गर्ने गरिन्छ। यता नियन्त्रणमा लिएका चारै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान अघि बढाएको डीएसपी पाठकले बताए।

एयर गन राख्न पाउने वा नपाउने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै उनले भने, ‘उनीहरूमाथि मुद्दा दर्ता गर्ने वा नगर्ने बारेमा कानुनमा उल्लेख भए अनुसार कारबाही अघि बढाउनु पर्ने हुन्छ। अन्नूर्णपोस्ट

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।