मानव बेचबिखन मुद्दामा मनोज पाण्डेलाई ७ वर्ष कैद

२३ माघ, काठमाडौं ।
सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले ७ वर्ष कैद सजाय सुनाएको छ । सोमबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई ७ वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय निर्धारण गरेको जिल्ला अदालत काठमाडौंका एक अधिकारीले जानकारी दिए ।

पाण्डेमाथि ८ वर्षअघि एक सौन्दर्य प्रतियोगिताको नाममा एक किशोरीमाथि बलात्कार गरेको अभियोग थियो । तर बलात्कार मुद्दा दायर गर्न हदम्याद नाघिसकेका कारण पाण्डेमाथि मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको थियो । यो मुद्दामा १० माघमा न्यायाधीश दीपक ढकालले पाण्डेलाई सो मुद्दामा दोषी ठहर गरेको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।