पुरानो बानेश्वरमा सात वर्षीया छोरीको हत्यापछि बुबाले गरे आत्महत्या

२२ माघ,काठमाण्डौ | पत्रपत्रिका
काठमाडौंको पुरानो बानेश्वरमा नाबालिक छोरीको हत्या गरेर एक बाबुले आत्महत्या गरेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार अनुदाजी ३५ वर्षीय किशोर भण्डारीले सात वर्षीया छोरीको हत्या गरेर आत्महत्या गरेका हुन्।रामेछाप घर भएका भण्डारी फार्मेसी सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। अपांगता भएका छोरीको हत्या गरी आत्महत्या गरेको प्रवक्ता मैनालीले बताए। ‘फरक क्षमता भएका नाबालिक छोरीको घाँटी रेटी हत्या गरेर आत्महत्या गरेको रहेछ। यस विषयमा विस्तृत अनुसन्धान भइरहेको छ,’ अन्नपूर्णबाट ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।