सन्दीपलाई राष्ट्रिय टिममा किन फर्काएको भन्दै माइतीघरमा प्रदर्शन

२१ माघ,काठमाण्डौ ।
बलात्कार मुद्दाका अभियुक्त सन्दीप लामिछानेलाई खेलमा फर्काएको विरोधमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ ।आज युवा,युवतीहरूको एक समूहले नेपाल क्रिकेट संघ ९क्यान० र सन्दीपलाई बहिष्कार गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।गत मंगलबार पोखरामा बसेको क्यानको बोर्ड बैठकले सन्दीपलाई खेलाउनै पर्ने बाध्यता रहेको जनाएको थियो ।

बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गर्दै उनलाई प्रशिक्षणमा बोलाएको थियो । लिग डिभिजन टु अन्तर्गत नेपालमा हुने नामिबिया र स्कटल्याण्डसँगको खेलका लागि २० जनालाई क्याम्पमा बोलाएको थियो ।

अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गरेको थियो । उनलाई क्रिकेट खेल्न रोक लगाइएको छैन । उता ,प्रदर्शनमा अवरोध पुर्‍याउन खोजेको भन्दै भन्दै तारा बराललाई प्रहरी पक्राउ गरेको छ ।

एक नाबालिकालाई बलात्कार गरेको अभियोग क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । तर क्रिकेट संघले उनलाई राष्ट्रिय टिममा फर्काएपछि विरोध भइरहेको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।