राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश कार्यक्रम स्थगित,तत्काल सरकार नछाड्ने

१५ माघ,काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशमा गर्ने भनिएका सबै कार्यक्रम स्थगित गरेको छ । एक विज्ञप्ति जारी गरी रास्वपाको केन्द्रीय समितिको निर्णय बमोजिम माघ १४ देखि प्रदेशमा तय गरिएका प्रदेश समितिको विस्तारित बैठक तथा सङ्गठन विस्तारका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिइएको थियो ।

प्रवक्ता डा ढकालले विशेष परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्मका लागि सबै कार्यक्रम स्थगित गरेको बताउए । उता सर्वोच्च अदालतले पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्धाको विषयमा फैसला गर्दै सांसद पद नरहने निर्णय गरेपछि पार्टी भित्र सरकारमा रहने की नरहने भन्ने बारे चर्को बहस भएको एक नेताले बताए ।

गम्भिर छलफल र बहस पछि तत्काल सरकार छाड्न उपयुक्त नभए रास्वपाले निष्र्कष निकालेको उनले भने । बैठकले पार्टीका लागि यो चुनौतिको यस घडीमा सम्पूर्ण सदस्य तथा शुभचिन्तकलाई संयमता साथ प्रस्तुत हुन अनुरोध समेत गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।