बैंककमा जारी यू २२ बक्सिङ च्याम्पियनसिपकाे प्रीक्वाटर खेलमा ईन्द्र सुनारकाे जित

४ माघ,काठमाण्डौ ।
थाईल्याण्डकाे राजधानी बैंककमा जारी एएसबिसी अन्टर २२ बक्सिङ च्याम्पियनसिप खेल अन्तर्गत ५७ केजी ताैल समुहका नेपाली मुक्केबाज ईन्द्र बहादुर सुनारले जित हासिल गरेका छन् । आज उद्घाटन सत्र पश्चात् सुरु भएकाे प्रीक्वाटर क्वाटर खेलहरु मध्ये ५७ केजी ताैल समुहमा नेपाली मुक्केबाज ईन्द्र बहादुर सुनारले लाओसका खेलाडी साेक्साखुनलाई (यूनानिमस ) ५:० अंककाे आधारमा जित हासिल गरेका हुन् ।

याे जित संगै सुनार क्वाटर फाईनल प्रबेश गरेकाछन् । सुनारले क्वाटर फाईनल खेल मङ्गाेलियन मुक्केबाज गन्तुमार लुण्डासंग खेल्नेछन् ।नेपालबाट सहभागी दुई खेलाडी बिजय बाटा (८६ केजी) र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) सेमिफाइनलमा प्रबेश भैसकेका छन् ।

भाेली जवनरी १९ तारिखमा महिला ४८ केजी ताैल समुहकी सुस्मा तामाङले भेतनामकी क्यूनहानसंग र महिला ५७ केजी ताैल समुहकी हेमा राईले सिङ्गापुरकी चाैउजीमिन बेर्नेससंग क्वाटर फाईनल खेल खेल्नेछिन ।

भने पुरुष तर्फ ४८ केजी ताैल समुहका खेलाडी लाल प्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चर संग जनवरी २० तारिखमा क्वाटर फाईनल खेल खेल्नेछन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।