१ माघ,पोखरा, काठमाडौं
यति एयरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको यतिको एटिआर–७२ विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।उक्त विमान यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । क्याप्टेन केसी प्रशिक्षक पाइलट पनि हुन । ७२ यात्रु क्षमताको एटीआर विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन ।
स्थानीयहरूले दुर्घटनास्थलबाट आगो लागिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।अहिले घटनास्थलतर्फ हेलिकोप्टरमा उद्धार टोली जाँदै गरेको छ ।







