रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको पूर्ण सुनुवाइ ११ माघमा हुने, के छ आदेशमा ?

२३ पौष,काठमाण्डौ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको अन्तिम सुनुवाई माघ ११ गते हुने भएको छ।कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलाशले लामिछानेको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरे पनि अग्राधिकारमा राख्दै ११ माघमा पूर्ण सुनुवाई हुने आदेश दिएको हो।’प्रस्तुत विवादको सुनुवाईलाई अग्राधिकार प्रदान गरी छिटो छरितोरूपमा सम्पन्न गर्नु आवश्यक देखिएको हुँदा पूर्ण सुनुवाईका लागि २०७९ माघ ११ गते पेश गर्नू,’ आदेशमा भनिएको छ। त्यस्तै अध्यागमन विभागमा पेस गरेको कागजात र सो सम्बन्धमा भएको कारबाही सम्बन्धी कागजात, गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा पठाएको पत्रबमोजिमको लिखित जवाफ सात दिनभित्र झिकाउन आदेश गरिएको छ ।

लामिछानेको उम्मेदवारीसम्बन्धमा पनि निर्वाचन आयोगबाट मंसिर १३ मा भएको निर्णयसम्बन्धी सक्कल निर्णय र कागजात सात दिनभित्र झिकाई मिसिलमा सामेल गर्न आदेश दिइएको छ। योसँगै लामिछानेको पद यथावत रहेको छ । सो मुद्दामा सर्वोच्चले आगामी माघ ११ गते पूर्ण सुनुवाई गर्ने भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।