राष्ट्रपति र उपराष्ट्रपति भन्दा पनि प्रधानमन्त्री ‘को’ भन्ने चर्चा

४ पौष,काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल अबको केही हप्तापछि सकिँदै छ । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल समाप्त हुँदै गर्दा अबको जिम्मा कस्ले पाउँला ? भन्ने बारेमा पनि ब्यापक चर्चा चुलिएको छ ।४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आएपछि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुने पक्रियामा छ ।निर्वाचनसँगै अबको राष्ट्रपति र उपराष्ट्रपति को हुने भन्ने बहस शहरदेखि गाँउ सम्म चलेको छ।नेपाली कांग्रेसले राष्ट्रपति पाएमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सार्ने सम्भावना छ ।यस्तै, अर्का वरिष्ठ नेता कृष्णप्रसाद सिटौलासमेत राष्ट्रपतिको दौडमा रहेका छन् ।सत्तारूढ गठबन्धनमा रहेको माओवादी केन्द्रको भागमा राष्ट्रपति परेको अवस्थामा अहिलेका उपराष्ट्रपति नन्दकिशोर पुन, डा. बाबुराम भट्टराई, सभामुख अग्निप्रसाद सापकोटामध्ये एक हुन सक्नेछन् ।

गठबन्धनमै रहेको एकीकृत समाजवादीले राष्ट्रपति पाएको अवस्थामा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई अघि सार्ने सम्भावना छ ।यदि एमालेको गठबन्धनले निर्वाचनमा बहुमत ल्याएको अवस्थामा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र सुवासचन्द्र नेम्वाङमध्ये एकलाई अघि सार्ने सम्भावना छ ।

उता संसद्को निर्वाचनपछि गठबन्धन दलहरुलाई सरकार बनाउन समेत कठिन भएको छ ।यस अवस्थामा भारत र चीनको पनि थप चासो र दबाब बढेको बहस र चर्चा राजनीतिज्ञहरुबीचमा सुरु भएको छ ।सबै दलका भ्रष्टाचारीहरुको दलाली बढेको छ । सत्ता र पैसाको लागि राजनीतिक गर्ने भ्रष्टहरु जनप्रतिनिधि बहुमत छन् ।यस अवस्थामा शेरबहादुर देउवाको नेतृत्वमा बनाइने भनेको सरकारमा को–को सहभागी बन्ने छन् भन्ने प्रष्ट छैन ।

दलका संसद सदस्यहरु किनबेच हुने सक्नेछन् । यसको लागि नेकपा माओवादी केन्द्रको समन्वय र सहकार्यको भूमिका महत्वपूर्ण देखिएको छ ।राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख, उपसभामुखलगायत पदहरुको बाँडफाँडको सहमति हालसम्म भएको देखिदैन ।

प्रम शेरबहादुर देउवा भएपछिको अवस्थामा राष्ट्रपति माओवादीले दाबी गर्दैछ ।यस अवस्थामा को राष्ट्रपति बन्नेछ भन्ने प्रष्ट भएको छैन ।उता राष्ट्रपति पदमा गैर राजनितिक ब्यक्ती पनि ल्याउन सकिने भनेर चर्चा भइरहेको समयमा दलहरुले त्यती रुची देखाएका छैनन् । राष्ट्रपति,उपराष्ट्रपति भन्दा पनि कार्यकारी पद भएकाले अबको प्रधानमन्त्री को ? भन्ने चर्चा समेत चुलिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।