फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना

२८ मंसिर,काठमाण्डौ | पत्रपत्रिका
फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ । क्रोएसियालाई ३–० को सहज जितका साथ अर्जेन्टिनाले फाइनलमा पुगेको हो । अर्जेन्टिनाको जीतमा जुलियन अल्भारेजले २ र कप्तान लिओनेल मेस्सीले १ गोल गरे । पहिलो हाफमै २–० को अग्रतामा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा गोल थप्दै जीत पक्का गरेको थियो ।बुधबार बिहान कतारको लुसाइल रंगशालामा भएको सेमिफाइनल खेलमा मेस्सीले खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत र जुलियनले ३९ र ६९ औं मिनेटमा गोल गरेर टीमलाई जित दिलाएका हुन् । अर्जेन्टिनाले अब बिहीबार बिहान हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दैछन् । राजधानीबाट ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।