क्रोसिया संग पराजित भएपछि ब्राजिलका मुख्य प्रशिक्षकले दिए राजीनामा

२४ मंसिर,दोहा ।
विश्वकपको क्वाटरफाइनलमा पराजित भएपछि ब्राजिलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका छन् । गएराति भएको खेलमा ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएपछि उनले राजीनामा दिएका हुन् ।६१ वर्षीय प्रशिक्षक टिटे सन् २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । टिटेको नेतृत्वमा ब्राजिलले सन् २०१९ मा कोपा अमेरिकाको उपाधि जितेको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।