‘तिमीबिना बाँच्दिनँ’ भन्नेले प्रेमिका जलेको हेरिरहे…

२२ मंसिर,काठमाण्डौ ।
आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धानका लागि प्रहरीले सुदनलाई हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट म्याद पाएको छ भने दिनेश, बिन्दु र मधु छुटिसकेका छन् । उनीहरू भोलिपल्टै छुटे। उनीहरू छुटेपनि सोमबारै पुष्पाका काकाले पुष्पासँग इन्गेजमेन्ट गरिएको केटा सुदन, उनका दाइ मधु, बुवा दिनेश र आमा बिन्दुविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी किटानी जाहेरी दिए।घटनामा सुदन र उनको सिङ्गो परिवारको बदनियत पुष्टि हुने भन्दै आफूहरूको परिवारले किटानी जाहेरी दिएको पुष्पाका काका उत्तम बताउँछन् । उनी भन्छन्, ‘‘यहाँ पुष्पाले आफैँ आगो लगायो कि अरूले लगाइदियो भन्ने मुख्य प्रश्न छ। यदि आफैँ आगो लगाएको हो भने पनि उनीहरूले रमिता मात्र हेरेर किन बसे ? किन बचाउन कोही आएनन्? मानवीय नाताले हेर्दा पनि सकेसम्म आगो लगाउनै नदिनुपर्ने ? यसैले घटना जुन निकै शंकास्पद् छ।’’

घटनामा हरेक हिसाबले शङ्कास्पद देखिएका व्यक्तिहरूलाई छाडिएको भन्दै पुष्पाको परिवारको गुनासो छ। यस विषयमा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरोस् भन्ने चाहेका पुष्पाको परिवारले अरु आरोपित छुट्नुलाई रहस्यमय ढंगबाट हेरेका छन्।

घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले भने ‘‘हामी अनुसन्धान गर्न जाँदा पनि उनीहरूको परिवारलाई केटीको बारेमा सोध्दा, चिन्दैनौ थाहा छैन भने। यसबाट पनि उनीहरूले घटनाबारे धेरै कुरा लुकाएका छन्।’’प्रहरीले मुख्य आरोपित सुदन सङ्ग्रौलालाई मात्र हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

‘‘सुदनलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद लिएर हिरासतमा राखेका छौँ। अन्य ३ जना रिहा भइसकेका छन्,’’ महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी अङ्गुर जीसीले भने।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।