पुष्पा आत्मदाहःअनुसन्धान विनै कस्ले छुटायो तीन जना आरोपीलाई ?

२२ मंसिर,काठमाण्डौ ।
आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धानका लागि प्रहरीले सुदनलाई हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट म्याद पाएको छ भने दिनेश, बिन्दु र मधु छुटिसकेका छन्। पुष्पाले यदि आफैँ आगो लगाएकी हुन् भने अरूले रमिता मात्र हेरेर किन बसे ? बचाउन कोही किन आएनन् ? यी प्रश्नको जवाफ नमागी उनीहरूलाई किन छाडियो ? पुष्पाको परिवारले प्रश्न गरेको छ।जीउमा पेट्रोल छर्केर जिउँदै जलेकी पुष्पा न्यौपानेको मृत्यु प्रकरणमा तीन जना आरोपी अनुसन्धानबिनै छुटेका छन्। विवाहका लागि भएको इन्गेजमेन्ट तोडिएपछि आइतबार साँझ धुम्बाराही पीपलबोटस्थित केटाको घरनजिकै जलेकी बुद्धनगर बस्ने नुवाकोटकी २७ वर्षीय पुष्पाको मृत्यु भएपछि पक्राउ परेका चारमध्ये एक जना मात्र हिरासतमा छन्।

इन्गेजमेन्ट तोडिएको भोलिपल्ट केटाको घमा कपडा लिन गएकी पुष्पाले साँझ सवा ७ बजेआफैलाई पेट्रोल छर्केर आगो लगाइन्। केटा सुदन संगौलाको परिवार आगो निभाउन आएनन्।
बाहिरबाट घटना देखेका बटुवाले प्रहरीलाई खबर गरिदियो। महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोली हतारहतार घटनास्थलमा पुग्यो। त्यहाँ पुग्दा युवतीको शरीरको ७० प्रतिशत भाग जलिसकेको थियो। जलेर गम्भीर अवस्थामा रहेकी ती युवतीलाई प्रहरीले तुरुन्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पठायो।

त्यहाँ उपचार हुन नसकेपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइयो। कीर्तिपुर अस्पतालमै पुष्पाको भोलिपल्ट सोमवार बिहान निधन भयो । पुष्पाको शरीर करिब २० मिनेटसम्म जलेको कारण उनी बाच्न नसकेकी चिकित्सकहरूले बताए।अघिल्लो दिन साँझ पुष्पा जलेको खबर पाएपछि घटनास्थलमा प्रहरी पुग्यो।

घाइते पुष्पाको उद्धारपछि प्रहरीले पुष्पाको बारेमा खोजखबर गर्‍यो। केटा पक्ष सुदन संगौलाको परिवारले उनलाई नचिन्ने बतायो। प्रहरीले घटनास्थलबाट एउटा सानो ब्याग र पुष्पाले प्रयोग गर्ने मोबाइल पनि भेटेपछि केटा पक्षको परिवारको सदस्यहरू पक्राउ परे। प्रहरीले सुदन, उनका दाजु मधु, ५७ वर्षीय बुवा दिनेश सङ्ग्रौला, आमा बिन्दु सङ्ग्रौलालाई नियन्त्रणमा लिएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।